Harsamaya
संविधान र गणतन्त्र रक्षाको माग गर्दै तरुण दल र नेविसंघ सडकमा
नेपाली कांग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ।

काठमाडौं - संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले आज चाबहिल चोकमा प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस निकटको नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा आबद्ध युवाहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । भ्रष्टाचार र बेथितिविरुद्ध जेएनजीले उठाएका मुद्दा सकारात्मक रहेको भन्दै युवा विद्यार्थीले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प खोजे सह्य नहुने बताएका हुन् । 

त्यस अवसरमा उनीहरुले कुनै पनि नाममा एकतन्त्रीय, निरङ्कुश र अधिनायकवादी शासन व्यवस्था स्वीकार गर्न नसकिने भन्दै खबरदारी गरे । 

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफूहरुले पनि रगत र पसिना बगाएको उल्लेख गर्दै उनीहरुले ‘वि वान्ट डेमोक्रेसी’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’,‘भ्रष्टाचारीलाई कारबाही गर’,‘संविधान मास्न पाइँदैन’,‘जनताको जीउ ज्यानको रक्षा गर’,‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update