Harsamaya
डा. लम्सालको चौथो महाकाव्य ‘कल्प’लोकार्पण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, डा. नवराज लम्साल र सांसदहरू विद्या भट्टराई ।

काठमाडौं - डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ ।

शिखा बुक्सद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, सांसदहरू विद्या भट्टराई, सुदन किराती र मनिष झा, साहित्यिक पत्रकार राजकुमार बानियाँलगायत महाकाव्य ‘कल्प’ लोकार्पण गरेका हुन् । 

महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताए । 

महाकाव्यमा तीन खण्ड र ११ सर्ग रहेका लोकार्पण समारोहमा गराइएको जानकारी  थियो । यसअघि डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशन भइसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update