Harsamaya
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै शेखरले सरकारको यस्तो निर्णयले धेरै नेपालीको रोजीरोटी समेत खोसिने बताए । 

‘जनचाहाना र आफ्नै प्रतिबद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ’, उनले भने, ‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ?’

यस्तो कदम तुरुन्त सच्याउन उनले माग गरेका छन् ।  ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update