Harsamaya
डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’शुक्रबार सार्वजनिक गरिने
डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ ।

काठमाडौं - डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ । भोलि (शुक्रबार) ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक गरिने भएको हो ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको छ । लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चिएको बताएका छन् । 

विगत ४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो । यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update