Harsamaya
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार
मधेश प्रदेश सभा बैठक ।

जनकपुर - एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ । प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार सम्मका लागि स्थगित गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२/०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरुले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौंको योजनाहरु चोरी भई समेटिएको आरोप लगाए । 

उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचौलिया हावी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

सो पछि सभामुख मण्डलले बैठक भोलीसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update