
काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वको अवसरमा शुभकामना दिएका छन् ।मंलबार शुभकामना सन्देश दिँदै उनले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकको रूपमा लिनुपर्ने धारणा समेत राखे ।
तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्ने बताउँदै उनले स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने समेत बताए ।
उनले कोशी प्रदेश सरकार महिलाको हित प्रवर्धनका कार्यक्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गरे ।