स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन
काठमाडौं - भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फर्किँदै छिन् । नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआन आज राति ११ बजे स्वदेश फर्किँदै छिन् । उनलाई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले बिदाइ गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२ १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

