अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
शनिबार, असोज ३, २०८३
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै डा.वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा
शनिबार, असोज ३, २०८३
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी शर्मा ओली (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए ।
संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान संशोधनका लागि सरकारले अघि बढाइरहेको प्रक्रियाबारे प्रश्न गर्दा राणाले संविधान बनेको एक दशक पुग्न लागे पनि त्यसले देश र जनताको उन्नति तथा प्रगतिमा अपेक्षित परिणाम दिन नसकेको बताए ।
आजसम्म टेकराज थामीलाई सशरीर भेट्न सकिएन : महासचिव दाहाल
शनिबार, असोज ३, २०८३
बाढीमा बेपत्ता भएपछि उनको खोजीका लागि विभिन्न प्रयास गरिए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
शनिबार, असोज ३, २०८३
वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर
शनिबार, असोज ३, २०८३
विचार प्रधान विचार प्रस्तुत गर्दै महरले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ुबदलिएको कांग्रेसुका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो ।
संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए ।
भदौ महिनामा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात
शनिबार, असोज ३, २०८३
भदौ महिनाको कुल निर्यातमा द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढी रहे पनि विद्युत् बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको देखिन्छ । यसैबीच भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ ।
संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधानसभाबाट संविधान निर्माण हुनु आफैँमा लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डा.भट्टराईले जनताका निर्वाचित प्रतिनिधिबाट निर्माण भएको संविधानलाई सामान्य राजनीतिक दस्तावेजका रूपमा बुझ्न नहुने बताए ।
संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख
शनिबार, असोज ३, २०८३
सभामुख डोलप्रसाद अर्यालले संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
सहमतिबिना गरिने महाधिवेशनले विभाजनको औपचारिक रेखा कोरिन्छ : भूपेन्द्रजंग शाही
शनिबार, असोज ३, २०८३
सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै शाहीले एकता र सहमतिबिना हुने अधिवेशनमा आफ्नो सहभागिता नरहने स्पष्ट पारेका छन्।
संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड
शनिबार, असोज ३, २०८३
उनले संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।
साताको लोकप्रिय

