कात्तिक ३० : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक ३०, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मंसिर ४ मा बस्नेगरी सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक ३०, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
आइतबार, कात्तिक ३०, २०८२
पशुपतिनाथ क्षेत्रभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
पूर्वसचिव अर्जुन कार्की पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
आइतबार, कात्तिक ३०, २०८२
डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता
आइतबार, कात्तिक ३०, २०८२
राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
मंसिरका लागि दश वाणिज्य बैंकहरूले घटाए ब्याजदर
आइतबार, कात्तिक ३०, २०८२
वाणिज्य बैङ्कहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैङ्कले ब्याजदर घटाएका छन् भने १० बैङ्कले ब्याजदर यथावत् राखेका छन् ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
आइतबार, कात्तिक ३०, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति
आइतबार, कात्तिक ३०, २०८२
निजी क्षेत्रमा भएको क्षति मध्ये करिव २३ अर्वको बिमा दावी भएको उनले बताए । अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रष्ट पारे ।
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ता
आइतबार, कात्तिक ३०, २०८२
उनले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दावी गरे । जनताका आधारभूत एजेण्डालाइ लिएर निर्वाचनमा सहभागी हुने उनले बताए ।
साताको लोकप्रिय

