त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित
शनिबार, पुस २७, २०८१
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रु ५२ का दरले सुन्तला बिक्री भएको छ ।

गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित
शनिबार, पुस २७, २०८१
गुल्मीमा व्यावसायिक किवीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । ०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँका किसानको बारी यतिवेला किवीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसानले यतिवेला किवीको व्यावसायिक उत्पादन सुरु...

आज देशभर पृथ्वीजयन्ती मनाइँदै
शनिबार, पुस २७, २०८१
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने (सूचनासहित)
शनिबार, पुस २७, २०८१
प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने भएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस २७, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित)
शनिबार, पुस २७, २०८१
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।

कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
शनिबार, पुस २७, २०८१
जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
-1736338790.png)
जीपको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, पुस २६, २०८१
जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो ।

वैदेशिक रोजगारी त्यागेर जुनारखेती
शुक्रबार, पुस २६, २०८१
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।

हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने...

प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत (सूचीसहित)
शुक्रबार, पुस २६, २०८१
प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
शुक्रबार, पुस २६, २०८१
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।
साताको लोकप्रिय