Harsamaya
हर समय
हर समय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।
गुल्मीमा बढ्यो सुन्तला उत्पादन
गुल्मीमा बढ्यो सुन्तला उत्पादन गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै कृषक खुसी भएका छन् ।  गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष...
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश...
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो...
झापामा सीमास्तम्भ मर्मत गरिँदै
झापामा सीमास्तम्भ मर्मत गरिँदै झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए।
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर
सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व असुलीमा असर सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए ।
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव   
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव    हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ...
वडाध्यक्षको तरकारीखेती मोह
वडाध्यक्षको तरकारीखेती मोह शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले...
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त यतिवेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । 
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
Weather Update