Harsamaya
हर समय
हर समय
राप्तीमा घडियाल गोहीको गणना सुरु
राप्तीमा घडियाल गोहीको गणना सुरु बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।  कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए ।
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित
प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।
प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भीष्मकुमार भुसाललाई
प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भीष्मकुमार भुसाललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो । गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो
नाइजेरियामा ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्यांकर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ
ब्राउन सुगरसहित जितपुरका थापा पक्राउ प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका - ३ जितपुरका ४२ वर्षाीया सोभित थापालाई १० ग्राम ब्राउन सुगरसहित किर्तिपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।
बिहेको भोज खाँदा ५७ जना बिरामी
बिहेको भोज खाँदा ५७ जना बिरामी डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।
खो खो विश्वकपमा महिलातर्फ नेपाल भारतसँग पराजित 
खो खो विश्वकपमा महिलातर्फ नेपाल भारतसँग पराजित  पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।  भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको हो ।
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ
अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो।
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ । डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ । 
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो । 
Weather Update