Harsamaya
हर समय
हर समय
सुन तोलाको एक लाख ६९ हजार छ सय
सुन तोलाको एक लाख ६९ हजार छ सय स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ ।
पुस्तक सार्वजनिक
पुस्तक सार्वजनिक चन्द्रागिरि नगरपालिका, न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरूलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ।
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति, किसान चिन्तित
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति, किसान चिन्तित जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ ।
सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिए । 
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव ‘यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।’...
‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने 
‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुने  कुमार कट्टेल निर्देशित बहुप्रतीक्षित फिल्म ‘लाज शरणम्’ को दोस्रो प्रवर्द्धनात्मक गीत ‘नेपाल हाँसेको’ आज सार्वजनिक हुँदैछ । ओएसआर डिजिटल यूट्युब च्यानलमार्फत अपरान्ह ३:१५ बजे गीत सार्वजनिक हुने भएको छ।
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।
पूर्वाधारका पर्खाइमा सुनछहरा
पूर्वाधारका पर्खाइमा सुनछहरा किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि...
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्लेको मृत्यु भएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइहरेको छ । 
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर...
Weather Update