Harsamaya
हर समय
हर समय
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।  
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । ‘चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,’ सहसचिव डा पौडेलले भने । होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो...
ठमेलमा प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ
ठमेलमा प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ ‘एक घरमा छापा मारिएको हो, अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा म आफैं पुगेको थिएँ,’ अधिकारीले भने, ‘विस्तृत सूचनाको विवरण आउन बाँकी छ।’
मालीमा भएको आतंकवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु
मालीमा भएको आतंकवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु उत्तरी मालीमा भएको संदिग्ध आतंककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको मालीको सशस्त्र बलले जनाएको छ ।
बिरेन सिंहले दिए मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा
बिरेन सिंहले दिए मणिपुरको मुख्यमन्त्री पदबाट राजीनामा सन् २०२२ को विधानसभा चुनावमा एनडीए गठबन्धनले ६० सदस्यीय सदनमा ३२ सिटमा सहज जित हासिल गरेपछि बिरेन सिंहले मणिपुरको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो ।
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमला पन्त
हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमला पन्त अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन् । जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते
ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा अछाममा एकको मृत्यु, एक घाइते घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ । 
एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
एआइजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ? गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने 'सर्त' राखेर एआइजी बनाइएको थियो।
बैंकिङ कसुर तथा सजाय र विधायन विधेयक पारित
बैंकिङ कसुर तथा सजाय र विधायन विधेयक पारित त्यसअघि बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिए । 
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाँउपालिका र बाजुरा जिल्लाको हिमाली गाँउपालिका बीच झुगोलामा कर्णाली नदि पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो । 
Weather Update