तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते

काठमाडौं - तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट तीर्थयात्री लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्लेको मृत्यु भएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइहरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय