Harsamaya
हर समय
हर समय
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।
प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट
प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।
माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध
माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने उनले बताए । 
डोलेश्वरमा दर्शनार्थीको घुइँचो
डोलेश्वरमा दर्शनार्थीको घुइँचो सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।  मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो। 
टुँडिखेलमा मनाइयो सेना दिवस (भिडियोसहित)
टुँडिखेलमा मनाइयो सेना दिवस (भिडियोसहित) समारोहमा सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै राष्ट्रिय झण्डा र 'सेना दिवस २०८१' लेखिएको ब्यानर प्रदर्शन गर्यो। राइफल र तोप सलामी, रणकौशल प्रदर्शन, परम्परागत नृत्य तथा सैन्य उपकरण प्रदर्शनी गरिएको थियो।
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस 
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस  सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए । 
एमालेले बोलायो सचिवालय बैठक 
एमालेले बोलायो सचिवालय बैठक  फागुन १८ गतेको लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्। उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते 
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते  म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा नेपालको एकीकरण यात्रा केवल राजाहरूको संकल्पले मात्र सम्भव भएको थिएन। पृथ्वीनारायण शाहको विजयी यात्रा होस् वा नेपाल–अंग्रेज युद्ध, नेपाली सेनाले आफ्नो रगत र पसिना बगाएर इतिहास रचेको छ। गोरखालीहरूको आत्मबल, जनताको योगदान, र सैनिक बलकै कारण नेपालले अँग्रेज साम्राज्यलाई घुँडा टेकाउन बाध्य पार्यो।
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता परराष्ट्रमन्त्री राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्‍याउने उद्देश्यले यस्तो पहल गरिएको हो।
Weather Update