जनकपुरमा हुने चलचित्र महोत्सवमा पाँच देशका ७८ चलचित्र
बिहीबार, फागुन १५, २०८१
जनकपुरधाममा बुधबार गरिएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीद्वारा तीन हजार पाँच सयभन्दा बढी आवेदन प्राप्त भएका जसमध्ये महोत्सवका लागि १० विधाबाट चयन भएका कुल ७८ वटा चलचित्र प्रदर्शन गरिने बताए ।
४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी
बिहीबार, फागुन १५, २०८१
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।
दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ
बिहीबार, फागुन १५, २०८१
यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै...’ले पनि युट्युबमा उल्लेख्य दर्शक/स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो...
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने
बिहीबार, फागुन १५, २०८१
रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११...
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने
बिहीबार, फागुन १५, २०८१
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का...
दैनिक राशिफल : आज तपाईको जीवनमा आउने परिवर्तन र सम्भावनाहरू
बिहीबार, फागुन १५, २०८१
धनु : सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ । कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। आर्थिकमा सुधार आउनाले तपाईंलाई अत्यावश्यक वस्तुहरू खरिद गर्न सुविधा हुनेछ।
०८४ सम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा - प्रचण्ड(भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
अध्यक्ष प्रचण्डले सुशासन, स्थायित्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफूहरू लागि परेको उनले बताए ।
गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
बुधबार, फागुन १४, २०८१
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो । कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो ।
शंकर पोखरेलको टिप्पणी- प्रचण्डमा यतिबेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ
बुधबार, फागुन १४, २०८१
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले प्रचण्डले हालै आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरूले साथ नदिएपछि सानो हुन थालेको बताएपछि यस्तो टिप्पणी गरेका हुन् ।
एउटा यस्तो मन्दिर जहाँ सन्तान प्राप्तिका लागि रातभर उभिएर बालिन्छ ठाडो बत्ती
बुधबार, फागुन १४, २०८१
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।
महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
बुधबार, फागुन १४, २०८१
नगरकोटीले प्रतियोगिताको मूल्यवान् खेलाडीको अवार्ड जितेकी हुन् ।
साताको लोकप्रिय

