Harsamaya
हर समय
हर समय
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष 
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष  परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो ।
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो 
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो  अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको...
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३...
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज  सुनुवाइ हुँदै
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा
राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरूले बताएका छन् ।
यातायात व्यवसायी र सरकार बिच सहमति ,  ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने
यातायात व्यवसायी र सरकार बिच सहमति , ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने मध्यरातमा दुई पक्ष बिच सहमति भए पनि मंगलबार बिहान सम्म सडकमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण...
आईपीएलको फाइनल खेल  आज, आरसिबी र पन्जाब भिड्दै
आईपीएलको फाइनल खेल  आज, आरसिबी र पन्जाब भिड्दै फाइनल खेल आज साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन् ।
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ :  मन्त्री यादव
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ :  मन्त्री यादव संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कन्याम–पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिशत काम सकिएको बताउँदै बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे ।
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम
रहेनन् ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतम कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै  यो संसारबाट बिदा भएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
Weather Update