काठमाडौं - स्व.गणेश पण्डितको कविता संग्रह कालापानी लोकार्पण भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा शनिबार पाण्डेको कविता संग्रहको लोकार्पण गरिएको हो । नुवाकोटको कपिलेश्वरमा २००३ साउन ३० गते जन्मिएका उनको २०७५ फागुन २१ गते निधन भइसकेको छ । उनको मृत्यु भएपछि गणेश पण्डित स्मृति केन्द्र दुप्चेश्वर -७ कालापानी प्रकाशन गरेको हो ।
कालापानीमा उनको कविताहरू समावेश छन् । प्रा.डा रामप्रसाद ज्ञवालीले पण्डितका काम र कृतिहरूले समाजमा केही उज्यालो थपेको बताए। ‘उनका कविताहरू जनतालाई धोका दिने धोकेवाजविरुद्धका कविता हो’, ज्ञवालीले भने।
पण्डित विभिन्न सामाजिक संस्थामा आबद्ध थिए । उनी शिक्षक, समाजसेवी र राजनीतिज्ञ थिए । उनी २०४८-२०५१ नेकपा एमालेबाट सांसद भएका थिए । उनले विभिन्न राजनीतिक आन्दोलनमा संलग्न भएबापत विभिन्न समयअवधिमा १ वर्ष ७ महिना जेल परेका थिए ।
उनका कालापानी (कविता संग्रह), फुटकर रचना, लेख र अन्तवार्ताहरु, 'कम्युनिष्ट बारे परिचयात्मक टिप्पणी' (२०२३ साल), अनुवादित कृति लगायत प्रकाशित छन् ।
कालापानी कविता संग्रहमा ६८ वटा कविताहरू समावेश छन् । लोकार्पण कार्यक्रममा नेपाली साहित्यका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो ।
कालापानीको मूल्य व्यक्तिगत २५० र संस्थागत ५०० रुपैयाँ रहेको छ ।
कार्यक्रमका थप भिडियोहरू :-
नुवाकोटमा कम्युनिष्ट विचारधाराको बीजारोपण गर्ने जिम्मा स्व.गणेश पण्डितलाई जान्छ : श्रीहरि फुयाँल
इतिहास कसरी भ्रष्ट भयो भन्ने कुरा गणेश पण्डितका कविताहरूमा छन् - कुमार पण्डित
स्व. गणेश पण्डित भएको भए शिक्षक आन्दोलन सफल हुन्थ्यो : विष्णु दाहाल
स्व. गणेश पण्डितलाई सम्झेर जब केदार नरसिंह केसी भक्कानिए...