प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
बुधबार, वैशाख २४, २०८२
उनले भने, ‘यतिबेला देशमा अनियमितता बेथिति र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम रूपमा घूसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् ।
चलचित्र’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न
बुधबार, वैशाख २४, २०८२
त्यस्तै अर्का नायक अनुप विक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने,‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौं । हजुरहरूले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’
बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो
बुधबार, वैशाख २४, २०८२
भूगर्भविद् अधिकारीकाअनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भएपनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिम युक्त मानिन्छ।
अर्थतन्त्रको ऐनामा कुरूप कमिसन खोरको अनुहार देखिएको छ : सांसद कार्की (भिडियोसहित)
बुधबार, वैशाख २४, २०८२
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।
तोलामा १ हजार ७ सयले बढ्यो सुन
बुधबार, वैशाख २४, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तो छ बुधबारको फलफूल तथा तरकारीको मूल्य
बुधबार, वैशाख २४, २०८२
गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु...
पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द
बुधबार, वैशाख २४, २०८२
एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
बुधबार, वैशाख २४, २०८२
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
पाकिस्तानी प्रधानमन्त्रीले भने, भारतले सुरु गरेको युद्धको कडा जबाफ दिन्छौं
बुधबार, वैशाख २४, २०८२
भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।
भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
बुधबार, वैशाख २४, २०८२
भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।
कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल
बुधबार, वैशाख २४, २०८२
सम्झौताका माध्यमबाट संघीय र प्रदेश सरकारबिच पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास हुने बताइएको छ । यसै गरी, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले कर्णालीमा पछाडि परेको खानेपानी क्षेत्रले यो आयोजनाबाट नयाँ दिशा पाउने विश्वास व्यक्त गरे ।
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बुधबार, वैशाख २४, २०८२
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, बिहान ११ बजे बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१...
बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा सामान्य चाेट
बुधबार, वैशाख २४, २०८२
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य छ ।
साताको लोकप्रिय

