Harsamaya
पूर्व मुख्यमन्त्री कार्कीको प्रश्न - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा किन ढिलाइ ? 
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की ।

काठमाडौं - कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका छन् ।

बुधबार सामाजिक सञ्जालमा उनले स्वास्थ्य मन्त्रीज्यू, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा किन यति ढिला ? भन्दै प्रश्न उठाएका हुन् । उनले उपकुलपति नियुक्ति गर्दा विवेक पुर्‍याउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘विगतमा अर्का होनहार नेताको कार्यकालमा नियुक्त व्यक्ति लेनदेन पीडित भएर मृत्‍युवरण गरेको दुःखद उदाहरणले हामी चिन्तित छौँ । विगतमा जस्तो लेनदेन गरेर नियुक्ति हुने अनि लगानी उठाउन नसकेर ज्यान नै जाने इतिहास नदोहोरियोस् !’

वी.पी.मा डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।अहिले शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update