Harsamaya
हर समय
हर समय
शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष (भिडियोसहित)
शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष (भिडियोसहित) उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं । हामी एजेण्डाको नजिक पुगेका छौं । तर यसको लागि कोहि पनि उत्ताउलो हुनु हुँदैन । विग्रियो भने हामीबाटै बिग्रिने हो । हामी सबै जिम्मेवार हुनुपर्छ । इमानदार हुनुपर्छ ।’
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्। 
२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित)
२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित) दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष रहेको छ ।
दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने
दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयको जवाफ दिँदैं शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए । 
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् । 
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर,   ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर,   ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने , सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल र  मधेश प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो...
जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे
जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित)
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित) उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको  छानबिन गर्न गठित  उपसमिति संयोजकमा मञ्जु खाँण
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमिति संयोजकमा मञ्जु खाँण यसअघि उक्त उपसमितिको संयोजक  एमालेका सांसद योगेश भट्टराई  नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे । अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।
Weather Update