Harsamaya
सुनको मूल्य तोलामा १९०० ले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार ९ सयले बढेको छ  । 

सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६००  रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार २ हजार २ सय ५५  रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update