Harsamaya
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ?
ग्राफिक्स: हर समय/Har Samaya

हेटौंडा - नेकपा एमालेले बागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको हो । 

एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।

दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर छन् । उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update