गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
शुक्रबार, जेठ ९, २०८२
भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल
शुक्रबार, जेठ ९, २०८२
‘सहरी विकासका सवालमा प्रश्नहरू छन् । चुनौतीहरू छन् । समाधानका उपाय छन् । यी सबै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरूले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल,...
प्रवासमा रहेका नेपालीद्वारा क्यान्सर पीडित रसिलालाई ४ लाख बढी आर्थिक सहयोग
शुक्रबार, जेठ ९, २०८२
उपचार सहयोगका लागि अमेरिका निवासी निमा ह्योल्मो तामाङको सक्रियतामा प्रवासी नेपाली समुदायबाट उक्त रकम संकलन गरिएको हो। यस अभियानमा इन्द्रावती गाउँपालिका–५ का पूर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङ, समाजसेवी मंगले तामाङ (मनोत्रा झाँक्री), र कर्म लामा ह्योल्मोले महत्वपूर्ण भूमिका खेलेका छन्।
सिन्धुपाल्चोकमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने, यस्ता छन् कार्यक्रम
शुक्रबार, जेठ ९, २०८२
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पूर्ण जिल्लावासीलाई गणतन्त्र दिवसका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
रनवेको खाल्डो पुरेपछि सुर्खेत विमानस्थल शनिबारदेखि चल्ने
शुक्रबार, जेठ ९, २०८२
मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरूलाई भनेको बताए ।
भिजिट भिसामा रोजगार विभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई
शुक्रबार, जेठ ९, २०८२
महानिर्देशक भटटराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए ।
अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर वादहरुको पछाडि नलागौं : गभर्नर (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौं । हामी असमानताको अन्त्य चाहन्छौ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुँदैन । अर्थशास्त्रीहरूलाई देउता जस्तो मानेर यो...
५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो
शुक्रबार, जेठ ९, २०८२
उक्त ट्रकमा रू.५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरू रहेको उनले जानकारी दिए । सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ
नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न : ओली
शुक्रबार, जेठ ९, २०८२
राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हु
शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : सभापति देउवा (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
उनले भने, ‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएका छन् । ऐनको कार्यान्वयनका लागि कांग्रेसले पहल गर्ने छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित...
आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
शुक्रबार, जेठ ९, २०८२
यस्तै, उनले लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई बढि प्राथमिकता दिएको पनि बताए । बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको पनि उनको भनाई छ ।
अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरूको आपत्ति
शुक्रबार, जेठ ९, २०८२
संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, जापान, ब्राजिल, इन्डोनेसिया र मलेसिया लगायत दर्जनौं सदस्य राष्ट्रका प्रतिनिधिहरूले अमेरिकाको एकपक्षीय भन्सार नीतिको आलोचना गरेका थिए ।
ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई
शुक्रबार, जेठ ९, २०८२
शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए ।
साताको लोकप्रिय

