सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु
बिहीबार, भदौ १२, २०८२
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ ।
धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेका सवारी साधनहरू अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने
बिहीबार, भदौ १२, २०८२
शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका, भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छ ।
दुई टी–२० अभ्यास खेल : आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहीबार, भदौ १२, २०८२
पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दै छ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बिहीबार, भदौ १२, २०८२
बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
आज ऋषि पञ्चमी : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
बिहीबार, भदौ १२, २०८२
रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा
बिहीबार, भदौ १२, २०८२
लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
बिहीबार, भदौ १२, २०८२
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बिहीबार, भदौ १२, २०८२
आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुन्छन्।
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित)
बुधबार, भदौ ११, २०८२
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् ।
आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा जाने
बुधबार, भदौ ११, २०८२
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने भएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
बुधबार, भदौ ११, २०८२
गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त निर्णय बुधबार (आज) सार्वजनिक गरेका हुन् ।
आयोगको सिफारिस कार्यान्वयन उत्साहजनक छैन : पूर्व आयुक्त प्रधान
बुधबार, भदौ ११, २०८२
उनले महत्त्वपूर्ण सवालहरूमा राष्ट्रिय मानवअधिकार आयोगले कानुन तर्जुमा गर्न, नीतिहरू बनाउनको निम्ति महत्त्वपूर्ण सिफारिसहरू गरेको बताए । उनले आयोगले सिफारिस गरेको आप्रवासी कामदारहरू सम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई अनुमोदन नगर्दा आप्रवासी नेपाली कामदारहरूको हक अधिकार सुनिश्चित नभएको बताए ।
साताको लोकप्रिय

