
काठमाडौं - आज २०८२ भदौ १२ गते बिहीबार। जीवनका यात्रामा हरेक दिन नयाँ मोड आउँछन् । कतिपय घडीमा सफलता हात लाग्छ, कतिपयमा अनुभवले पाठ पढाउँछ । हेरौँ आजको राशिफल ।
मेष : कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । मानसिक तनाव यथावत् रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आध्यात्मिक जीवनको लागि जरुरी भएको तपाईँको मानसिक स्वास्थ्य कायम राख्नुहोस्।
वृष : आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरू पराजित हुन्छन्। साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धी कुराहरूलाई लिएर आफैँलाई बेवास्ता नगर्नको लागि होसियार हुनुहोस्।
मिथुन : प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावश्यक खर्च बढ्ने देखिन्छ । साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । तपाईँले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ।
कर्कट : चञ्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुख प्राप्ति हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । भौतिक लाभ र विशेष गरेर मानसिक सुदृढताको लागि मनन र योग सुरु गर्नुहोस्।
सिंह : सन्तानबाट सहयोग मिल्नेछ । महत्त्वपूर्ण काम सफल हुनेछन् । महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । समय व्यस्त भएता पनि स्वास्थ्य राम्रो रहनेछ । अचल सम्पत्तिमा लगानी गरे राम्रो हुनेछ।
कन्या : व्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक विचलन रहनेछ । महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । कुनै मित्रको समस्याले तपाईँलाई नराम्रो लाग्नेछ र चिन्तित बनाउन सक्छ।
तुला : इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाव बढ्नेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । पैसा लगानीको विषयमा हतार गरेर निर्णय नलिनुहोस्। सुखद र सुन्दर साँझको लागि तपाईँको घरमा अतिथिहरूको भीड लाग्नेछ।
वृश्चिक : मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ । तपाईँसँग बस्ने कोही तपाईँको आकस्मिक र अप्रत्याशित व्यवहारसँग निराश र दुखी हुन सक्छन्।
धनु : धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्य पूर्णत ठिक रहनेछ।
मकर : मेहनत गरे महत्त्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ। काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ । एउटा लाभदायी दिन हो र तपाईँ दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ।
कुम्भ : व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाइसँग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ। नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आज तपाईँ तनावमुक्त महसुस गर्नुहुनेछ र रमाइलो गर्ने मुडमा हुनुहुन्छ।
मीन : साथीभाइको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन्। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ । आफैलाई घरेलु गतिविधिहरूमा लगाई राख्नुहोस्। त्यसै समयमा शरीरको गति राख्न र आफ्नो शरीरमा ऊर्जा भर्नको लागि मनोरञ्जनका गतिविधिहरूमा केही समय बिताउनुहोस्।