बीमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह
मंगलबार, असार १७, २०८२
नेपाल पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
सर्वसाधारणमा थप आइपिओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी
मंगलबार, असार १७, २०८२
कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आइपिओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो ।
गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा
मंगलबार, असार १७, २०८२
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेन पेस गर्नुपर्ने छ ।
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ?
मंगलबार, असार १७, २०८२
यद्यपि, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ ।
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक
मंगलबार, असार १७, २०८२
पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता
सोमबार, असार १६, २०८२
स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ । कार्यक्रमबारे बोल्दै उपप्रमुख अधिकारीले भनिन “स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो । सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।”
सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ
सोमबार, असार १६, २०८२
इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सिजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सले ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार...
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी
सोमबार, असार १६, २०८२
उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ ।
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
आइतबार, असार १५, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग
आइतबार, असार १५, २०८२
धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो ।
धानमा समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन : राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी
आइतबार, असार १५, २०८२
समर्थन मूल्य भनेको सरकारले गर्ने एक प्रकारको ढाडस हो । समर्थन मूल्य तोकिदिने अनि कोठाभित्र ढोका लगाएर सुतिदिने काम सरकारबाट भइरहेको छ । अनि किसानले भूसको मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राज्यले भन्ने गरेको ६०–६५ मेट्रिक टन कसरी पुग्छ ?
अमेरिकी डलर र युरोको भाउ स्थिर, कति छ आज विदेशी मुद्राको विनिमय दर ?
आइतबार, असार १५, २०८२
आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।यस्तै, आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस...
साताको लोकप्रिय

