तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं - आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।
बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय