Harsamaya
शुक्रबारको लागी विदेशी मुद्राको विनिमय दर
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ७५  पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ३२ पैसा र बिक्रीदर २१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update