Harsamaya
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन वस्तुमा लाग्दैछ कर ?
सांकेतिक तस्वीर ।

काठमाडौं - आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदैछ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागू हुन लागेको हो ।

नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गर गहनाको मूल्य र पाँच तारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।

सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ ।

आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन अर्थात् आजबाट लागू भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update