युक्रेनको पुनर्निर्माणका लागि पाँच खर्ब डलर लाग्ने
मंगलबार, फागुन १३, २०८१
सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।
आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्कासित
मंगलबार, फागुन १३, २०८१
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारबाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले नयाँ पार्टी खोल्ने
मंगलबार, फागुन १३, २०८१
उनीहरुले शुक्रबार दिउँसो ३ बजे माणिक मिया एभिन्यूमा घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन् । जेएनसीका प्रमुख आयोजक सर्जिस आलमले सोमबार साँझ ७ बजे समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी मिति घोषणा गर्ने जानकारी दिएका हुन ।
अफगानिस्तानमा वृद्ध बेलायती दम्पती पक्राउ
सोमबार, फागुन १२, २०८१
पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् ।
बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी
सोमबार, फागुन १२, २०८१
वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।
नेटो सदस्य बनाएमा तत्कालै राजीनामा दिन्छु - जेलेन्स्की
सोमबार, फागुन १२, २०८१
जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलनमा भने, ‘यदि युक्रेनमा शान्ति बहाली हुन्छ छ, यदि तपाईं साँच्चै मलाई मेरो पद छोडाउन चाहनुहुन्छ भने म तयार नै छु तर म मुलुकलाई नाटो सदस्यको रूपमा रहेको हेर्न चाहान्छु । यो पुरा गरेमा तुरुन्तै पद छाड्न पनि तयार छु ।’
मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि
आइतबार, फागुन ११, २०८१
लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।
अफगान महिला रेडियो स्टेसनले प्रसारण पुन : सुरु गर्ने
आइतबार, फागुन ११, २०८१
रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो ।
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो
आइतबार, फागुन ११, २०८१
‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पाँच सय होइन , अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
आइतबार, फागुन ११, २०८१
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाले एक सय अर्ब डलर सहयोग गरेर पाँच सय अर्ब डलर सहायता प्रदान गरेको भनेर भ्रम फैलाएको गुनासो गरेका छन् ।
फ्रान्सको मिलोस शहरमा चक्कु प्रहार: एक जनाको मृत्यु, दुई प्रहरी घाइते
आइतबार, फागुन ११, २०८१
शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
शनिबार, फागुन १०, २०८१
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
शनिबार, फागुन १०, २०८१
भारतस्थित युरोपेली संघको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’
साताको लोकप्रिय

