वैदेशिक रोजगारी त्यागेर जुनारखेती
शुक्रबार, पुस २६, २०८१
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।

गुल्मीमा बढ्यो सुन्तला उत्पादन
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै कृषक खुसी भएका छन् ।
गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष...

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
शुक्रबार, पुस २६, २०८१
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो...

वडाध्यक्षको तरकारीखेती मोह
शुक्रबार, पुस २६, २०८१
शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले...

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन
बिहीबार, पुस २५, २०८१
काठेखोला गाउँपालिका– ६ का किसानले यस वर्ष रु. पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु. दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु. तीन करोड ५० लाखबराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
सोमबार, पुस २२, २०८१
बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुनेखानेहरू सहरबजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारी खेतीमा आबद्ध छन् ।...

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
आइतबार, पुस २१, २०८१
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।
कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको...

चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन
शनिबार, पुस २०, २०८१

सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला
शुक्रबार, पुस १९, २०८१
लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् ।
पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको...

खबरामा केराखेती फस्टाए पनि बजारको अभावले किसान निराश
शुक्रबार, पुस १९, २०८१
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म...

स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री
बुधबार, पुस १७, २०८१
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा...

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
बुधबार, पुस १७, २०८१
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ ।
साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि...

किवीबाट जाम र वाइन: दुप्चेश्वर गाउँपालिकाले किसानलाई दोब्बर आम्दानी
सोमबार, पुस १५, २०८१
दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ। गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ।
दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृंखला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका...
साताको लोकप्रिय