ओलीलाई रिहाइ गर्न अस्वीकार
सोमबार, चैत १६, २०८२
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।
लेखकको रिहाइ मागमा ‘कारण देखाउ’ आदेश
सोमबार, चैत १६, २०८२
ओली र लेखकको गिरफ्तारी कानुनविपरीत भएको दाबी गर्दै उनीहरूका कानुन व्यवसायीहरूले विरोध जनाइरहेका छन्। यसैबीच, दुवै नेताका पत्नीहरूले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
सोमबार, चैत १६, २०८२
ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन् । लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
आइतबार, चैत १५, २०८२
म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
रविको मुद्दा पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश
आइतबार, चैत १५, २०८२
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार यस्तो आदेश गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखेर बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गरेकी थिइन् ।
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
आइतबार, चैत १५, २०८२
कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित
आइतबार, चैत १५, २०८२
शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।
सहकारी ठगी मुद्दामा रवि लामिछाने अदालत उपस्थित, तारेख बुझेर फर्किए
आइतबार, चैत १५, २०८२
अदालत स्रोतका अनुसार लामिछाने बिहानै अदालत पुगेका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन्।
ओली र लेखकलाई आज अदालत लगिँदै
आइतबार, चैत १५, २०८२
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने
बिहीबार, चैत १२, २०८२
सर्वोच्च अदालतले संविधानको धारा ३०६ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्याख्या गर्दै अल्पसंख्यकको परिभाषा संघीय कानुन बमोजिम हुने स्पष्ट पारेको छ । फैसलामा भनिएको छ, ‘अल्पसंख्यकको पहिचान स्थानीय जनसंख्याको आधारमा नभई राष्ट्रिय जनसांख्यिक सन्तुलन र संघीय कानुनको मापदण्डका आधारमा हुनुपर्छ ।’
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
बिहीबार, चैत १२, २०८२
सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
बिहीबार, चैत १२, २०८२
‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
बिहीबार, चैत १२, २०८२
न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।
साताको लोकप्रिय

-1774872172.jpg)