महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा
काठमाडौं - महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना ज्यान मार्ने उद्योग मुद्दामा धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अन्य ८ जनालाई भने जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।
अदालतले गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई पनि २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

