नेपालका कुन कुन विद्युत आयोजनामार्फत दुई सय मेगावाट बिजुली किन्दै छ भारत ?
मंगलबार, साउन २७, २०८२
नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।
बूढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइयो रजौरियाले लिए सपथ
शुक्रबार, साउन २३, २०८२
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ । त्यसैले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।
राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित
शुक्रबार, साउन २३, २०८२
उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
मंगलबार, साउन २०, २०८२
गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ ।
विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौती छ : मन्त्री खड्का (भिडियोसहित)
मंगलबार, साउन २०, २०८२
मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।
प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ
सोमबार, साउन १९, २०८२
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरेका हुन् ।
उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आव्हान
आइतबार, साउन १८, २०८२
कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ ।
बझाङ माथिल्लो सेती जलविद्युतमा १४ वटा बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने
शनिबार, साउन १७, २०८२
काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन् ।
मध्यभोटे कोशीमा आवश्यक सबै पूर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक शाक्यको निर्देशन
शुक्रबार, साउन १६, २०८२
लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ : मन्त्री खड्का
शुक्रबार, साउन १६, २०८२
जलविद्युतका ठूला आयोजना सञ्चालनमा आउँदै गर्दा रोजगारीको अवसर स्थानीय तहमै सृजना गर्न सीप विकासमुखी तालिम अपरिहार्य रहेको समयमा तालिम संचालन हुनु प्रशंसनीय रहेको बताए ।
त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर)
बिहीबार, साउन १५, २०८२
नेपालको ऊर्जा इतिहासको एक अभिन्न अंग बनेको त्रिशुली विद्युत् गृहले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो राष्ट्रिय आत्मनिर्भरता र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा समेत स्थापित भएको छ।
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित)
मंगलबार, साउन १३, २०८२
मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसँग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्यनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् ।
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन
मंगलबार, साउन १३, २०८२
समयअनुकूल र माग धान्नसक्ने गरि विद्युत वितरण प्रणाली बनाउन निर्देशन दिदैँ उर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको उनको भनाई छ ।
साताको लोकप्रिय

