गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक बालकको मार्मिक जीवन
आइतबार, जेठ १८, २०८२
एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ ।