आज भोटो जात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आइतबार, जेठ १८, २०८२
भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।