बिपी राजमार्गको पुनर्निर्माण सुरु
शुक्रबार, मंसिर १२, २०८२
विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
खुल्यो बिपी राजमार्ग
आइतबार, कात्तिक १६, २०८२
सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पुर्याउँदै आएको छ ।
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप
शनिबार, असोज २५, २०८२
गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो ।
बिपी राजमार्गमा सवारी चल्न थाल्यो
शनिबार, असोज २५, २०८२
आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।
बन्यो बिपी राजमार्ग, भोलिबाट यातायात साधन चल्ने
शुक्रबार, असोज २४, २०८२
असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
सुनसान बिपी राजमार्ग
शुक्रबार, असोज २४, २०८२
राजमार्गमा गाउँबाट स्थानीय बजारमा झर्ने साना सवारी साधन फाट्टफुट्ट देखिन्छ । बजारमा स्थानीय उपभोक्ताहरू फाट्टफुट्ट सामान किन्न आउने गर्दछन् ।
बाढीले बगाएको बिपी राजमार्ग जोड्ने काम तीव्र [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
उनका अनुसार, बिपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई स्थानमा ठुलो क्षति भएका छन्।
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने
बुधबार, असोज १, २०८२
वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ।
बिपी राजमार्गको चार खण्डका सडक खण्डको ठेक्का चार कम्पनीले पायो
सोमबार, साउन १२, २०८२
सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । यस निर्माणले बिपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
बिहीबार, साउन १, २०८२
काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
मंगलबार, असार ३१, २०८२
वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
शनिबार, असार २१, २०८२
सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
बाढीले अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास जारी
मंगलबार, वैशाख ३०, २०८२
स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने ।
साताको लोकप्रिय

