Harsamaya
शिक्षा मन्त्रालयले वार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् वार्तामा
शिक्षा मन्त्रालयले वार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् वार्तामा ‘२५ सदस्यीय नामावली शिक्षक महासंघले तयार नगरेको व्यहोरा जानकारी  गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा
आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन अनुरोध गरेका छन् ।
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै सरकारलाई आन्दोलनरत शिक्षकको माग तीन दिन भित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको हो ।
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित)
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित) अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् ।
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान 
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन ।
शिक्षक आन्दोलनले सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी
शिक्षक आन्दोलनले सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको दाबी उनले भने,‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने बताए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा...
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।
शिक्षक आन्दोलनको स्वरूप परिवर्तन गर्न दबाब
शिक्षक आन्दोलनको स्वरूप परिवर्तन गर्न दबाब शिक्षक महासंघका प्रतिनिधिहरूले आन्दोलनका कारण विद्यालयमा कुनै पनि गतिविधि सञ्चालन हुन नपाउने भन्दै परीक्षा भएको ठाउँमा अभिवावक र शिक्षकबीच नै घम्साघम्सीको अवस्था आएको थियो । विद्यालयका अनुसार जसोतसो प्रवेश परीक्षा त सम्पन्न भयो तर उनीहरूको नतिजा र भर्नाको निश्चित छैन । 
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए । 
संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त 
संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त  नयाँ वर्ष लागेसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनुपर्ने हो । विद्यार्थी भर्न गर्नको लागि अभिभावकलाई सम्झाउनु पर्ने शिक्षकहरू यतिबेला आफ्ना सेवा सुविधाको विषयलाई लिएर सरकारलाई सम्झाउन काठमाडौं केन्द्रित आन्दोलनमा छन् । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लगायतका कुनै गतिविधि हुन सकेका छैनन् । 
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित)
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित) मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने
शिक्षकको प्रदर्शन आजदेखि बिहान ९ बजेदेखि हुने उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।
Weather Update