प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट
बुधबार, फागुन १४, २०८१
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा किन पुगे प्रधानमन्त्री ओली पशुपतिमा ?
मंगलबार, फागुन १३, २०८१
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रसन्नता र उत्सुकता व्यक्त गरेका थिए ।
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन
आइतबार, फागुन ११, २०८१
२०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् ।
सात वटा प्रदेश पाँच वा नौ पनि हुन सक्छ रूवाबासी गर्नु पर्दैन -प्रधानमन्त्री ओली
शनिबार, फागुन १०, २०८१
शनिबार काठमाडौंमा राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख लोकतन्त्रमा आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका हुन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
शुक्रबार, फागुन ९, २०८१
'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
बुधबार, फागुन ७, २०८१
प्रधानमन्त्री ओलीले टावरहरूको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए ।
वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली
सोमबार, फागुन ५, २०८१
मुलुकमा लगानी भित्राउने र उद्योग स्थापनाका लागि सहजीकरण गर्न सरकारले अध्यादेश ल्याएको ल्याएको भन्दै उनले आम रूपमा अध्यादेशले उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको उल्लेख गरे ।
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली
सोमबार, फागुन ५, २०८१
लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
आइतबार, फागुन ४, २०८१
मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् ।
उनले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै अदालतको फैसलापश्चात निर्माण कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेट व्यवस्था गरिने उनले विश्वास दिलाए ।
तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्रीकेपी शर्मा ओलीले तराई मधेशका आयाेजना सधै सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् ।
विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री ओली
आइतबार, फागुन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने स्पष्ट गरेका हुन् ।
साताको लोकप्रिय

