सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुन्छ - प्रवक्ता गुरुङ (भिडियोसहित)
बुधबार, माघ ३०, २०८१
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारू भएको भन्दै उनले जसपा नेपालले यस बारे कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे । प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे ।
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन
सोमबार, माघ २८, २०८१
जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए ।
भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लाग्यो - महासचिव गुरुङ
सोमबार, माघ ७, २०८१
उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । उनले सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ की पाउँदैन भन्दै प्रश्न गरे । महासिचव गुरुङले गिरीबन्धु टि—स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको...
साताको लोकप्रिय

