गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
शनिबार, जेठ २, २०८३
कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।
कर्णालीमा पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत
शनिबार, माघ १०, २०८२
आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना
बिहीबार, मंसिर २५, २०८२
विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले जानकारी दिए।
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
बुधबार, जेठ २८, २०८२
केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका...
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’
शुक्रबार, माघ ११, २०८१
उनले एक विज्ञप्ति जारी गरी भनिन्, ‘बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।’
साताको लोकप्रिय

