बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
शुक्रबार, फागुन १६, २०८१
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् ।
काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा, कालिकोटमा सबैभन्दा धेरै पानी पर्यो
शुक्रबार, फागुन १६, २०८१
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
डिजेल र मट्टीतेलको मूल्य घट्यो (विज्ञप्तिसहित)
शुक्रबार, फागुन १६, २०८१
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल
शुक्रबार, फागुन १६, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् ।
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तले कति पाए दक्षिणा ? (भिडियोसहित)
शुक्रबार, फागुन १६, २०८१
महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित
शुक्रबार, फागुन १६, २०८१
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन। ‘घाम लागेपछि मात्र मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिनेछ,’ उनले बताए।
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन, आजै अन्त्येष्टि
शुक्रबार, फागुन १६, २०८१
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
शुक्रबार, फागुन १६, २०८१
रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
राजधानी दैनिककाे मूल्य ५० रुपैयाँ
शुक्रबार, फागुन १६, २०८१
पत्रिकाले बिक्दै नबिक्ने पत्रिका न बिक्छ न त झुक्छ भन्दै ५० रुपैयाँ ताेकेकाे हाे। यसअघि १० रुपैयाँ मूल्यकाे पत्रिका एकैपटक ५० पुगेको हाे ।
देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, फागुन १६, २०८१
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने अन्य भागमा आंशिक बदली देखिएको छ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
शुक्रबार, फागुन १६, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले मनाउँदै
शुक्रबार, फागुन १६, २०८१
पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
साताको लोकप्रिय

