Harsamaya
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेको प्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योग साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन्।
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे । 
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ । काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा
प्रतिनिधिसभा बैठक आज: निकासी पैठारी विधेयक र भ्रष्टाचार निवारण विधेयक प्रमुख एजेन्डा संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद भवन, नयाँ बानेश्वरमा तय गरिएको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ पेश गर्ने तयारी गरेका छन्।
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 
समाजवादीको महाधिवेशनमा दोहोरो अंकमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
समाजवादीको महाधिवेशनमा दोहोरो अंकमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए । 
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए । 
Weather Update