अनेरास्ववियुले बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने

काठमाडौं - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।
अखिलका महासचिव दीपक धामीले तोडफोड, आगजनी र प्रहरी हत्या अभियोगमा उजुरी दिन लागेको जानकारी दिए । केहीबेरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन जाने उनले बताए ।
गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा संसद, सिंहदरबारलगायत विभिन्न सरकारी कार्यालयहरू र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय