सञ्चारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम (भिडियोसहित)
बिहीबार, साउन १५, २०८२
त्यस्तै उनले गीत सङ्गीतमा विकृति विसङ्गतिहरू बढ्नु चिन्ताजनक विषय रहेको बताइन् । भ्यूजको सन्दर्भमा सृजना दिने हेर्ने दुवैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको धारणा राखिन् ।
निजामती कर्मचारी विधेयक आउने एमाले महासचिव पोखरेलको दाबी (भिडियोसहित)
बिहीबार, साउन १५, २०८२
उनले निजामती कर्मचारीहरूको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।
सिँचाइ र खानेपानी समस्या बारे कांग्रेसका नेताहरूले गराए सिचाई मन्त्रीलाई ध्यानाकर्षण
बिहीबार, साउन १५, २०८२
सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरूमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसके पनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरूलाई चालु गराउन माग गरे ।
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री ओली
बिहीबार, साउन १५, २०८२
उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे ।
रेशम चौधरीका बुबा लालवीर चौधरी नाउपाको अध्यक्ष
बिहीबार, साउन १५, २०८२
उनले भने, ‘विधिसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरूले भनेपछि हामीले पत्र चार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौँ । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौँ ।’
सिन्धुली सडक मर्मतका लागि जापानले दिने २.८ अर्ब जापानी येन अनुदान स्वीकार गर्ने सरकारको निर्णय [भिडियो]
बिहीबार, साउन १५, २०८२
साथै, उनले बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने, राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा...
पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह
बिहीबार, साउन १५, २०८२
उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।
नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह
बिहीबार, साउन १५, २०८२
उनले भने, ‘महिलाहरुलाई सशक्तिकरण कसरी गर्ने भन्ने सवालमा अझै धेरै काम गर्न बाँकी छ । समाजमा व्याप्त छाउपडी प्रथा लगायतका विकृतिहरु हटाउन प्रभावकारी नीति र क्रियाशील कार्य आवश्यक छ ।’
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो
बिहीबार, साउन १५, २०८२
मुख्यमन्त्री बहादुर सिं लामाले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सपथ ग्रहण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै
बिहीबार, साउन १५, २०८२
बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।
पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री
बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी
बिहीबार, साउन १५, २०८२
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, साउन १५, २०८२
संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ ।
साताको लोकप्रिय

