Harsamaya
बागमत, कर्णाली र गण्डकीमा भारी वर्षा हुने, तराईमा हावाहुरी चल्ने
प्रतिकात्मक तस्वीर।

काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भुभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update