भियतनामका उपराष्ट्रपति नेपालमा 
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार नेपाल आएकी हुन् । भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् ।
भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् ।
 
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १३:४९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                -1761925825.jpg) 
                                                ![एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Samajbadi-1761794638.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    