Harsamaya
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मङ्गलबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए । 

कांग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update